एजेन्सी । युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित हात पारेको छ । जर्मनीले गएराति भएको खेलमा युक्रेनलाई २—१ गोल अन्तरले पराजित गरेको हो । किभस्थित ओलम्पिक रंगशालामा भएको खेलमा २० हजार दर्शकलाई प्रवेश दिइएको थियो ।
जर्मनीका लागि मथियस गिन्टर र लियोन गोरेट्जÞका गोल गरेका थिए । युक्रेनका लागि मलिनोस्किभले पेनाल्टी मार्फत गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बनेको थियो ।
यहि समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई १—० गोलले पराजित गरेको छ । यो समूहमा स्पेन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको जर्मनीको ५ अंक छ। युक्रेन ३ अंकसहित तेस्रो स्थानमा रहदा पुछारको स्विट्जरल्यान्डको १ अंक मात्र छ।