एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्यान्डकी किशोरी इगा स्वेटेकले हात पारेकी छन । आज भएको खेलमा उनले अमेरिकाका चौंथो वरियताकी सोफिया केनिनलाई पराजित गरी उपाधि हात पारेकी हुन्
इगाले ६-४ र ६-१ को सोझो सेटमा जित हात पारेकी हुन् । उपाधिका दाबेदार हस्ती खेलाडीहरुलाई पराजित गर्दै इगाले शुरु देखि नै धेरैलाई आश्चर्यचकित पारेकी थिइन् । प्रतियोगितामा उनी वरियताविहिन थिइन् ।
सम्बन्धित समाचार
थप