एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । ३३ वर्षका जोकोविचले पाँचौँ बरियताका स्टेफानोस टित्सिपासलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् ।
नोकोविचजले स्टेफानोसलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को संघर्षपूर्ण सेटमा पराजित गरेका हुन् । सर्बियाका जोकोविचले उपाधिका लागि भोली फ्रेन्च ओपनका कीर्तिमानी विजेता स्पेनिस राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।
नाडाल अर्जेन्टिनाका डिएगो श्वार्ट्ज मनलाई ६–३, ६–३, ७–६ ९७–०० को सेटमा पराजित गरेर फाइनलमा पुगेका छन् ।