ऐजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।
विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ । विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ ।
विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।