logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर

सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर


  • आइतबार, असोज १८ २०७७

  • एजेन्सी । सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।

    सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले आफ्नो लक्ष्य पूरा भएको बताएका छन् ।

    सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि सङ्क्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

    सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा ९एसआरएफ० का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय