च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । ड्र अनुसार क्रिस्टियानो रोनाल्डो आबद्ध युभेन्टस र लियोनेल मेस्सी आबद्ध बार्सिलोना एउटै समुहमा परेका छन् । उनिहरु समूह जीमा परेका हुन् ।
उता, डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिड इन्टर मिलानसँगै समूह बीमा परेको छ ।
म्यान्चेस्टर युनाइटेडले सबैभन्दा कठिन समूह पाएको छ ।
समूह एचमा युनाइटेडसँगै पेरिस सेन्ट जर्मेन र आरबी लेइपजीग रहेको छ । लिभरपुल आयाक्ससँगै समूह डीमा रहेको छ । चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेको छ भने समूह डीमा म्यान्चेस्ट सिटीसँगै पोर्टो र मार्से रहेको छ ।