logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेप्से आज दोहोरो अंकले उकालो

नेप्से आज दोहोरो अंकले उकालो


  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २० दशमलव ६१ बिन्दुले बढेर एक हजार ५७१ दशमलव ०४ मा पुगेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ९८ बिन्दुले बढेर ३१० दशमलव १५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।

    कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४ दशमलव ७६ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले घटेको छ ।

    यस्तै बैंकिङ १८ दशमलव८६, व्यापार १९ दशमलव ५३, होटल ८ दशमलव ०८, विकास बैंक ६५ दशमलव ४८, वित्त ५ दशमलव ७९, निर्जीवन बीमा ३३२ दशमलव ४१, उत्पादन ४९ दशमलव ७९, अन्य २ दशमलव ९७, लघुवित्त २० दशमलव ८१ र जीवन बीमा १५७ दशमलव ३३ बिन्दुले उकालो लागेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय