logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उत्तरसँगको हटलाइन सेवा पुन सुरु गर्नुपर्ने दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

उत्तरसँगको हटलाइन सेवा पुन सुरु गर्नुपर्ने दक्षिण कोरियाका राष्ट्रपतिको भनाई


  • सोमबार, असोज १२ २०७७

  • एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनले उत्तर कोरियासँगको सैन्य हटलाइन सेवा सुरु गरिनु पर्ने बताएका छन् ।

    केही दिनअघि उत्तर कोरियाली सेनाले एक दक्षिण कोरियाली अधिकारीको गोली हानी हत्या गरेसँगै यस किसिमका घटना दोहोरिन नदिन पनि हटलाइन सेवा सुरु गर्नुपर्ने दक्षिण कोरियाका राष्ट्रपतिले बताएका हुन् ।

    हटलाइन सेवा सुरु भएसँगै यसरी हराएका मानिसहरुको खोजी तथा उद्धारको काममा सहयोग पुग्ने मूनको भनाइ छ । आज वरिष्ठ सेक्रेटरीहरुसँगको बैठकमा मूनले यस्तो बताएका हुन् ।

    अहिले दुवै मुलुकका सेनाले गोली हानी मारिएका दक्षिण कोरियाली अधिकारीको शव खोजिरहेका छन् । आज दक्षिण कोरियाली अधिकारीहरुले अहिले हराएका अधिकारीको खोजीकार्य तीव्र पारिएको बताएका छन् । यद्यपि उत्तर कोरियाले आफ्ना अधिकारीको शव खोज्ने नाममा आफ्नो क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको छ ।

    दक्षिण कोरियाले उत्तर कोरियाली सेनाले आफ्ना अधिकारीको हत्या गरेर जलाएको आरोप लगाएका छन् । उत्तर कोरियाले यसअघि नै दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागिसकेको छ ।

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई पठाएको पत्रमा उक्त घटनालाई ‘नहुन पर्ने घटना’ भएको उल्लेख गरिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय