एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो ।
तीन खेल खेलेको लेष्टर सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने पराजित दुई खेलमा एक खेलमात्रै जितेको छ । यस्तै, गए राति भएको अर्को खेलमा लिड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ भने टोटनहमले न्यु क्यासल युनाइटेडसँग १–१ गोल बराबरी खेलेको छ ।
यस्तै, अर्को खेलमा वेष्ट हाम युनाइटेडले बोल्भरह्यामटनलाई ४–० गोल अन्तरले हराएको छ ।