logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

फ्रेन्च लिग वानमा पीएसजी सहज जित

फ्रेन्च लिग वानमा पीएसजी सहज जित


  • सोमबार, असोज १२ २०७७

  • एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ । लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो ।

    रेइम्समा गए राति भएको खेलमा पीएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

    एन्जल डि मारिया र एमबाप्पेको चलाखीपुर्ण वान टु वान पासमा मुभ बनाएपछि अनमार्क रहेका इकार्डीले खाली पोस्टमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ल विजयी हुन सफल भयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय