logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेप्से ४ अंकले बढ्दा सेयर बजारमा ३ अर्बमाथिको कारोबार

नेप्से ४ अंकले बढ्दा सेयर बजारमा ३ अर्बमाथिको कारोबार


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से बढेको छ । प्रि–ओपनिङ सेसनमै करिब ८ अंकले बढेर खुलेको नेप्से बजार खुलेसँगै केही माथि गएको थियो ।

    त्यसपछि ओरोलो लागेको बजार १५६१.९२ अंकसम्म झरे पनि बिक्री चाप बढी हुँदा नेप्से बढेर बन्द भएको हो । आजको बजारमा नेप्सेले न्यूनतम विन्दु १५६१.९२ अंक कायम गर्दा अधिकतम १५७५.५० अंकसम्म पुगेको थियो । तर अन्तिममा नेप्से ४.२९ अंकले बढेर १५६५.५५ अंकमा बन्द भएको छ । आज नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि बढेको छ ।

    सेन्सिटिभ इन्डेक्स ०.९० अंकले वृद्धि भएर ३१०.४७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ३ अर्बभन्दा माथिको कारोबार भएको छ । १९१ कम्पनीको ४२ हजार १०८ वटा कारोबारमा कुल ३ अर्ब १३ करोड ८२ लाख ४३ हजारको सेयर कारोबार भएको छ ।

    जसमा १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर किनबेच भएको छ । आज सोल्टी होटेलको सेयर एकैपटक ४७ करोडभन्दा बढीको कारोबार हुँदा बजारमा करोबार रकममा पनि उछाल देखिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय