एजेन्सी । ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमार दुई खेलको प्रतिबन्धपछि मैदान फर्किने भएका छन् ।
फ्रेन्च लिगवान फुटबलमा आज राति हुने रेइम्सविरुद्धको खेलमा मैदान फर्किने भएका हुन् । खेल रेइम्सको घरेलु मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
मार्सेलीविरुद्धको खेलमा विपक्षी खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएपछि लिग कमिटिले नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाएको थियो ।
नेयमार प्रतिबन्धको अवधि पूरा गरेर फर्किँदा माउरो इकार्डी र केलियन एम्बाप्पे पनि टिममा रहने छन् ।