काठमाडौं । लिओनल मेस्सीले बार्सिलोनासँगको आफ्नो असन्तुष्टी फेरि एकपटक सार्वजनिक गरेका छन् । लुइस सुआरेजले क्लब छाड्नु परेको विषयमा मेस्सीले असन्तुष्टी व्यक्त गरेका हुन् ।
उरुग्वेली फरवार्ड जो बार्सिलोनाका सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोली सम्हालेदेखि नै सुआरेज आफ्नो योजनामा नरहेको प्रष्ट पारेका थिए । यहि साता सुरुआरेज फ्रि ट्रान्सफरमा एटलेटिको म्याड्रिड पुगेका थिए ।
मेस्सीले इन्स्टाग्राममा सुआरेजसँगको फोटो सेयर गर्दै समुहको महत्वपूर्ण खेलाडी सुवारेज उत्कृष्ट विदाइको हकदार हुँदाहुँदै नराम्रो व्यवहारका साथ क्लवबाट जानु परेको बताएका छन् ।
सुआरेजको बर्हिगमनमा बार्सिलोनाको व्यवहार हार्दिकतापूर्ण रहेन । उनी अघिल्लो सिजननै क्लब छाड्न चाहेका थिए । तर क्लबले अर्को एक सिजन क्लबमा राख्न बाध्य पारेको थियो ।