logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गयो

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गयो


  • शनिबार, असोज १० २०७७

  • काठमाडौ । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

    विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ ।

    विमान दुर्घटनामा २ जना गम्भीर घाइते भएका जनाइएको छ । अन्यको खोजी जारी रहेको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय