logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनकपुरबाट पेस्तोलसहित १६ बर्षीया किशोरी पक्राउ

जनकपुरबाट पेस्तोलसहित १६ बर्षीया किशोरी पक्राउ


  • बुधबार, कार्तिक ८ २०८०

  • जनकपुरधाम । जनकपुरमा हतियारसहित १६ बर्षीया किशोरी पक्राउ परेकी छिन् । जनकपुरधाम रेल्वे स्टेशन नजिक हनुमान मन्दिरको प्रांगणबाट भारतको लख्खि शेराई ग्रामपत्र्चायत बडीपोखरी वडा नं. ९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी पक्राउ परेकी हुन् ।

    उनको साथबाट १ थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ थान भारतीय फाइभ–जी सिम र १ थान चाँदीको लकेट बरामद गरेको प्रहरीले जनाएको छ । सहनीलाई थप आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय