logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


  • मंगलबार, असार ३ २०७६

  • भक्तपुर : साताको तेस्रो दिन मंगलबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यस्तै, सोमबार तेजावी सुनको मूल्य ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
    NEW BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय