logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने


  • बुधबार, असोज २४ २०८०

  • काठमाडौं । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।  

    नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल  जाने भएको छ । 

    यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय