logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुशेमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु, एक गम्भीर

कुशेमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु, एक गम्भीर


  • मंगलबार, असोज २३ २०८०

  • सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

    घाइते ९ महिने  निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

    बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो। 


    सम्बन्धित समाचार थप

    लोकप्रिय