logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, सोचेजस्तो नतिजा आएन : कप्तान पौडेल

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, सोचेजस्तो नतिजा आएन : कप्तान पौडेल


  • बिहिबार, असोज १८ २०८०

  • काठमाडौं, १८ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो ।

    स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए । तर, खेल भने राम्रो भएको उनको भनाइ छ । 

    क्वार्टरफाइनलमा भारतसँग पराजित भएको विषयमा उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको जानकारी दिए । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय