logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति


  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौ । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

    बोर्डले प्रति इकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ बिक्री गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याज प्रदान हुनेछ । यस ऋणपत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय