logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला


  • शनिबार, असोज १३ २०८०

  • सुर्खेत । सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले लोकान्तरलाई जानकारी दिए ।

    बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले होस्टेल घेराउ गर्दै तोडफोड गरेपछि बिहान केही बेर तनाव भएको थियो । उनीहरूले होस्टेलमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको छन् । आगजनीबाट होस्टेलमा सामान्य क्षति भएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय