काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन गर्न असफल बनेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेका छन् जन निर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ।
संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको भन्दै उनले लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस् भन्ने कामना पनि गरेका छन् ।