logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सव स्थगित

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सव स्थगित


  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । 

    मंगलबार बिहान नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । मंगलबार दिउँसो नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । गत आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो ।  
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय