logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप, जनप्रतिनिधिहित तीनजना पक्राउ

भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप, जनप्रतिनिधिहित तीनजना पक्राउ


  • बुधबार, भाद्र २० २०८०

  • भक्तपुर, २० भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र  सेवाग्राहीवीच झडप भएको हो । 

    झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

    झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाईसमेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्वन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ । 

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय