logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयाे

थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयाे


  • शनिबार, भाद्र १६ २०८०

  • बैंकक, १६ भदौं । थाइल्याण्डका राजाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा (७४) को जेल सजाय आठ वर्षबाट घटाएर एक वर्षमा पुर्याएका छन् ।

    थाइल्यान्डका राजा महा वजिरालोङकर्नको निर्णय शुक्रबार शाही राजपत्रमा प्रकाशित भएको थियो। शिनावात्रा १५ वर्षको स्वयम् निर्वासनपछि गत हप्ता थाइल्यान्ड फर्केकी थिए, त्यसपछि उनलाई जेलमा राखिएको थियो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ ।

    थाइल्याण्ड एक संवैधानिक राजतन्त्र हो, जहाँ राजालाई दोषी अपराधीहरूलाई माफी दिने अन्तिम निर्णय गर्ने अधिकार छ। सिनावात्रा सन् २००१ देखि २००६ सम्म देशको प्रधानमन्त्री थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय