logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सेनाद्वारा तनहुँमा भेटिएको बम निष्क्रिय

सेनाद्वारा तनहुँमा भेटिएको बम निष्क्रिय


  • शनिबार, बैशाख ७ २०७६

  • दमौली, ७ वैशाख : तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।

    इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिनुभयो । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम राखेको अनुमान गरिएको छ ।

    यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय