logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु


  • शनिबार, साउन २७ २०८०

  • नयाँदिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु  भएको छ ।  साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

    राज्यको अहमदाबाद जिल्लाको बाभला(बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि  सो दुर्घटना भएको हो।

    पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले  सो  दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई  ५०  हजार  भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय