२२ साउन, काठमाडौं : प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझ करिब पाँच बजेमात्र खुलाइएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक खुलाइए पनि रातिमा यात्रा गर्दा जोखिम हुनसक्ने भएकाले सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको उनले बताए ।
सम्बन्धित समाचार
थप