logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागमतीमा साढे २ महिना विना विभागीय रहेका मन्त्री चित्रकारले पाए मन्त्रालय

बागमतीमा साढे २ महिना विना विभागीय रहेका मन्त्री चित्रकारले पाए मन्त्रालय


  • आइतबार, साउन २१ २०८०

  • २१ साउन, काठमाडौं : बागमतीमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

    मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । कांग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।चित्रकार कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय