logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई

भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई


  • शुक्रबार, साउन १९ २०८०

  • काठमाडौँ : एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् । इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले  प्रश्न समेत गरे ।

    दुवै देशको हितमा प्रतिवेदन तयार भएको बताउँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देश एकजुट हुनुपर्ने धारणा राखे । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’भट्टराईले इपिजी तयार गर्दा दुवै देशको सहमतिमा प्रतिवेदन तयार पारिएको समेत बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय