logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी


  • शुक्रबार, साउन १२ २०८०

  • १२ साउन, काठमाडौं : विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।

    ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहले अधिवक्ता पाण्डे विरुद्ध उजुरी दिनुभएको छ। जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डे विरुद्ध जाहेरी परेको छ। यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं।’पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।यसअघि प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय