logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पृथ्वी राजमार्गको अतिक्रमण विरुद्ध पोखरा महानगरले चलायो डोजर

पृथ्वी राजमार्गको अतिक्रमण विरुद्ध पोखरा महानगरले चलायो डोजर


  • सोमबार, असार २५ २०८०

  • २५ असार, पोखरा : पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ ।

    एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनकाअनुसार स्थायी-अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ मेयर आचार्यले भने ।एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो ।विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय