भक्तपुर : माघ ५ देखि ७ गतेसम्म भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने भएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरी बीच पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित बुक फेयरमा सो उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ ।पुस्तक मेलाको क्रममा विभिन्न कार्यक्रम पनि हुने भएको छ । मेलाको उद्घाटन कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पठक संस्कृतिको प्रबद्र्धनबारे प्रवचन दिने कार्यक्रम छ ।