logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने

सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने


  • आइतबार, माघ १ २०७९

  • काठमाडौँ : ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

    सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले  घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतवार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

    325532696_920780929359680_5827080522665350178_n


    सम्बन्धित समाचार थप

    लोकप्रिय