logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

के निसान र ऋचा अलग भएका हुन् ?

के निसान र ऋचा अलग भएका हुन् ?


  • बिहिबार, मंसिर २९ २०७९

  • काठमाडौँ | अधिकांश समय गीत संगीतको कारणले समाचार बन्ने गरेका गायक निशान भट्टराई अहिले उनकै पत्नी मोडल ऋचा न्यौपानेसँगको सम्बन्धका कारणले समाचार बनिरहेका छन् । यो समाचार बारे कुरा गर्नु अघि आउनुस् निशान र ऋचाबारे केहि बुझौँँ ..जून १९९६ मा जन्मेका बाबुआमा रेणुका भट्टराई (आमा) र नित्य आनंद भट्टराई (बुवा) मा निशान बाल्यावस्थामा चम्किला थिए ।
    निशानले आफ्नो स्कुल शिक्षा भुरकुटी मोडल स्कूल, उर्लाबारीमा गरे र पछि स्नातक तहको शिक्षाका लागि काठमाडौं सरे । उनले स्नातक शिक्षा काठमाडौंको शंखदेव क्याम्पसबाट गरेका छन् । थप रूपमा, निशान पनि बिहानी कलाकेन्द्र नामको संगीत विद्यालयमा पढेका थिए ।
    गायक भट्टराईले अगस्त २०२० मा आफ्नी प्रेमिका रिचा न्यौपानेसँग कानुनी रूपमा विवाह गरे। रिचा एक मोडेल हुन् र उनी धुलिखेलकी छिन् र उनले इम्पीरियल बिजनेस कलेज, काठमाडौंमा अध्ययन गरेकी छिन् ।
    उनीहरुको भेट सामाजिक सञ्चाल मार्फत भएको एक अन्तर्वाता उनीहरुले बताएका थिए । दुबै फेसबुकको माध्यमबाट जोडिए र चाँडै नै एक अर्काको लागि भावना विकास गर्न थाले र विवाह गरे ।
    नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप हुन् भएपछि गायक निशान भट्टराईले आफ्नो करियरलाई उडानमा लान सफल भए । उनी अहिले पनि निकै व्यस्त गायक रहेका छन् ।
    २०७७ मा ऋचासँग केही बर्षको प्रेमलाई कानुनी विवाहमा परिणत गरेका उनको अहिले पत्नीसँग सम्बन्धमा बिग्रिएको गसिफले मिडियामा प्राथमिकता पाइरहेको छ ।
    दुई वर्षको प्रेम सम्बन्धलाई कानुनी विवाहमा परिणत गरेको यो जोडिको लगनगाठो २ वर्षमै चुडिएको भान भएको छ ।
    काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला अदालतमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारी मंगलवारका दिन निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह सम्पन्न गराएका हुन् ।
    अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।
    दुवैको सामाजिक संजालबाट पनि उनीहरू पति पत्नी बीच ठीकठाक नरहेको अनुमान गर्न सकिन्छ । किनभने दुबैले ले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेको मात्र होइन, एक अर्काको तस्बिर समेत हटाएका छन् ।
    ऋचाको इन्स्टाग्राममा पहिले रहेका विवाहका तस्बिर समेत गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका बिहेका तस्बिर हटाएका छन् ।
    यसरी एकअर्काेको तस्बिर सामाजिक सञ्जालबाट हटाउँदै अनफलो समेत गरेका यी दम्पती बीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । बजार हल्ला पत्याउने हो भने उनीहरू अलग भएको केही समय मात्रै भएको छ ।
    यस विषयमा गायक भट्टराई र मोडल न्यौपाने दुबै जनाले आफ्नो आधिकारीक भनाई राखेका छैनन् । नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

    https://www.youtube.com/watch?v=b-1l_hQgDZA

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय