logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो

सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो


  • आइतबार, मंसिर २५ २०७९

  • काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य १ हजार ५०० रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।
    गत साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ । बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपैयाँले बढेको थियो । यस्तै, आज तोलामा २०० रूपैयाँले बढेको छ । यस्तै, मंसिर पहिलो साताको तुलनामा २५ सय रूपैयाँले मूल्य उकालो लागेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय