logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संबिधान सभा सदस्य तिर्थ लामा अहिले प्रदेश सभाको उम्मेद्वार गणेश लामा आउट

संबिधान सभा सदस्य तिर्थ लामा अहिले प्रदेश सभाको उम्मेद्वार गणेश लामा आउट


  • आइतबार, असोज २३ २०७९

  • काभ्रे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र न. १ काभ्रेमा रमाइलो चुनाबी माहोल हुने भएको छ। लोकतान्त्रिक गठबन्धनको राजनीतिक भागबन्डामा क्षेत्र न. १ माओबादी केन्द्रको भागमा परेपछि नेपाली कांग्रेसको तर्फबाट संबिधान सभा सदस्य बनेका तिर्थ लामा प्रदेश सभामा झर्न बाध्य भएको हो। यता गठबन्धनको भागमा परेको क्षेत्र न. २ मा नेपाली कांग्रेसको पुर्ब केन्द्रिय सदस्य शिब प्रसाद हुमागाईं प्रतिनिधि सभा र पुर्व राज्यमन्त्री कन्चनचन्द्र बादे प्रदेश सभामा समेटेपछी गणेश लामा र तिर्थ लामाको लागि राजनीतिक नैतिक दबाब सिर्जना भएको हो। समानुपातिक सिटतर्फ अट्नलाई पनि अनिश्चितताको बिचमा तिर्थ लामा प्रदेश “ख” मा उम्मेद्वार दिएपछि यता २०७४ मा प्रदेश सभा उम्मेद्वार भएर पराजित हुनुभएका र यसै निर्वाचनका लागि उम्मेद्वार घोषणा भैसकेको गणेश लामा अर्को चुनाब सम्म राजनीतिक खेल मैदानबाट बाहिरिएका छन।

    लोकतान्त्रिक गठबन्धनको राजनीतिक भागबन्डामा क्षेत्र न. १ माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा उम्मेद्वार पुर्ब उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालद्वोज) र प्रदेश सभा “क” बाट बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकाल र “ख ” बाट नेपाली कांग्रेस काभ्रे जिल्लाका सभापति एबम संबिधान सभा सदस्य तीर्थ लामा हुन्।

    प्रतिनिधी सभामा सूर्यमान दोङले नेकपा एमालेका उम्मेद्वार रेशम लामासंग प्रदेश सभामा ” क ” बाट रत्न ढकालले दिलिप तामाङ र “ख ” बाट तीर्थ लामाले एमालेकै चन्द्र लामासंग चुनाबी प्रतिस्पर्ध गर्नुपर्नेछ। त्यसैगरी क्षेत्र न. २ मा नेपाली कांग्रेसको प्रतिनिधि सभा तर्फ शिब प्रसाद हुमागाईंले नेकपा एमालेका उम्मेद्वार पुर्ब अर्थमन्त्री गोकुल बास्कोटा र प्रदेश सभा ” क ” बाट नेकपा एकीकृत समाजबादीका नेता लक्षुमान लम्सालले नेकपा एमालेका उम्मेद्वार कुमार खकुरेल र “ख ” बाट नेपाली कांग्रेसका पुर्ब राज्यमत्री कन्चनचन्द्र बादेले एमालेकै कुमार थापाको बिचमा कडा चुनाबी भीडन्त गर्नेछ ।

                    

    यसरि चुनाबी माहोल हेर्दा अन्य दलको खासै प्रभाब नदेखेको स्तिथिमा गठबन्धनकै नेकपा एकीकृत समाजबादीका भागमा परेको सिट क्षेत्र न. २ प्रदेश सभा ” क ” बाट लक्षुमान लम्सालले प्रतिनिधित्व गरेका छन्। उहाँको प्रतिद्वन्दी एमालेका उम्मेद्वार कुमार खकुरेल रहेको हुँदा चुनाबी माहोल रोचक हुनेछ किनकि दुवै उम्मेद्वार पार्टी छुट्टिनु पहिले एकै ठाउँमा थिए र आगामी मंसिर ४ गते हुने चुनाब सबै उम्मेदवारीलाई निकै खर्चिलो हुने निश्चित जस्तै देखिएको र भएको छ।

       


    सम्बन्धित समाचार थप

    लोकप्रिय