यात्रुसँग बढी भाडा लिन खोज्ने १६ जना पक्राउ
दशैमा गाउँ घर हिड्नु पर्ने बाध्यता छ त्यसलाई मौका छोपी यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई कोटेश्वर र नयाँ बसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट र नयाँ बसपार्कबाट ८/८ जनालाई पक्राउ गरेको हो । चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
