logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल


  • सोमबार, भाद्र २७ २०७९

  • साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।

    समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।  यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेश बीचको विजेतासँग खेल्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय