logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एउटै स्टेजमा तीन विजेता घोषित

एउटै स्टेजमा तीन विजेता घोषित


  • शनिबार, भाद्र २५ २०७९

  • एउटै स्टेजमा ३ विजेता छानिएका छन् । जमलस्थित राष्ट्रिय नाच घरमा शुक्रबार अबेर साँझ सम्पन्न छैटौँ संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२२’ मा जुनियर र सिनियर गरेर एकसाथ ३ विजेता चुनिएका हुन् । प्रतियोगितामा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ जुनियर गल्र्स तर्फको उपाधि प्रियांसी कडेलले जितेकी छन् । यही प्रतियोगितामा फष्ट रनर्सअप परिसी सराफ भएभने सेकेन्ड रनर्सअप कृस्ठा रिजाल र थर्ड रनरअप बिधार्थी घिमिरे चुनिए ।त्यस्तै  ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सिनियर गल्र्स तर्फ सैब्या घिमिरेले शीर्ष उपाधि चुमिन् । प्रतियोगीतमा सक्षम चालिसे फष्ट रनर्सअप, सफ्यु प्रधान सेकेन्ड रनर्सअप र आयान ताम्राकार थर्डरनर अप बनिन् ।‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ जुनियर ब्वाइज तर्फ इसान किरात राई शीर्ष विजेता बन्दा फष्ट रनर्सअप नवल जंग बुढाथोकी, सेकेन्ड रनर्सअप रिदम अग्रवाल र थर्ड अनरअप आरभ श्रेष्ठ भए ।रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुँदै आएको प्रतियोगिताको छैटौँ संस्करण हो । यो संस्करणको फाइनल स्पर्धामा लियोन श्रेष्ठ (प्रिन्सिपल राजश्री गुरुकुल स्कुल), आशिस थापा (प्रशासन प्रमुख हिमालयन ह्वाइट हाउस कलेज), पुनम भट्ट (कर अधिकृत नेपाल सरकार), चिरञ्जीवी भण्डारी (गायक–संगीतकार’, राजेन्द्र बजगाई  लगायत रहेका थिए ।

    विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनलका लागि १९ प्रतियोगी छानिएका थिए । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए l प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकाश, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले गरेकी थिइन् ।प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागीको अलवा विभिन्न अवसर उपहारको रूपमा समेत  प्राप्त गरेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक राज फैजु बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय