logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरगञ्ज भन्सार लक्ष्यअनुसार राजश्व उठेन

वीरगञ्ज भन्सार लक्ष्यअनुसार राजश्व उठेन


  • बिहिबार, चैत्र १४ २०७५

  • हेटौँडा, १४ चैत : नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले रु एक खर्ब एक अर्ब २८ करोड मात्रै राजश्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको ९३.४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ ।

     

    भन्सार नाकाबाट औद्योगिक तथा व्यावसायिक आवश्यकताका सामग्रीको आयातमा भएको कमीका कारण लक्ष्यअनुसार राजश्व नउठेको बताइएको छ । भन्सार एजेन्टका अनुसार दैनिक उपभोग्य व्यावसायिक तथा औद्योगिक सामग्रीमा भन्सार मूल्याङ्कन अत्यधिक गरेपछि व्यवसायीले भन्सार नाकाबाट समान ल्याउन कम गरेको गुनासो गरेका छन् ।

    उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विविध किसिमका उपकरण, सिमेन्ट उद्योगका जिप्सम, क्लिङ्कर, गाडीका पार्टपुर्जा, मोटरसाइकल, स्काभेटर, क्रेन, विद्युत् आयोजनाका विद्युतीय सामग्री तथा पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्यका सामग्रीका आयातमा कमी आएका कारण भन्सार राजश्व लक्ष्यअनुसार उठ्न नसकेको हो ।

    भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीले चालू आवको साउनदेखि फागुनसम्म आयातमा भएको कमीका कारण राजश्व लक्ष्यअनुसार सङ्कलन नभएको बताउनुभयो । “जति आयात र निर्यात हुन्छ त्यति नै राजश्व उठ्छ”, उहाँको भनाइ छ । वीरगञ्ज भन्सार नाकाबाट नेपाल बाहिर आल्मुनियम, छड, डण्डी, जमोट कपडा, सिआर सिट, हाते झोला, टोपी, तामाका सामान, फिडसप्लीमेन्ट, स्पोर्ट सुज, जुस, जाम र कृषि जडीबुटीलगायतका सामग्री निर्यात हुने गरेको छ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय