logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

३ बर्षे छोरा अमेरिकनले लगी ४० बर्ष देखि बेपत्ता भेटेर मर्न पाए हुन्थ्यो भन्दै आउने आशमा बृद्ध बुबाआमा

३ बर्षे छोरा अमेरिकनले लगी ४० बर्ष देखि बेपत्ता भेटेर मर्न पाए हुन्थ्यो भन्दै आउने आशमा बृद्ध बुबाआमा


  • बुधबार, भाद्र १५ २०७९

  • बाघ सिङ तामाङ र जेठी तामाङको छोरा सुर्य तामाङ धादिङ जिल्लाबाट ३ बर्सको उमेरमा कुपोषणको सिकार भएर नेपालमा उपचार सम्भव नभएको हुँदा तत्कालिन नेपाल स्थित अमेरिकी राजदुताबासमा कार्यरत अमेरिकाको नागरिक (नाम थाहा नभएको) व्यक्तिले अमेरिकामा उपचार गरिदिने आश्वसन दिएपश्चात गरिबीको कारणले गर्दा मर्न भन्दा आफ्नो छोराको उपचार हुन्छ भने ठिकै छ भनि मन्जुरी दिएको र ३ बर्षको उमेरमा अमेरिका लगेपछि सम्पर्क बिहिन भएता पनि ७ वर्षपछि १० बर्षे छोराको फोटो र पछाडी सन्देश लेखेर पठाएपछि हालसम्म केहि सम्पर्क नभएको नरहेको जानकारी हाम्रो गुड टिभीलाई प्राप्त भएको छ l उक्त बालक सुर्य तामाङलाई लगेको अमेरिकी नागरिक दम्पति पनि मृत्यु भइसकेको र हाल सुर्य तामाङले ४० वर्ष भइसकेको र अमेरिकन ग्रीनकार्ड लिएर बसोबास न्युयोर्क शहरस्थित रहेको जानकारी प्राप्त भएपनि के- कस्तो छ भन्ने यकिन जानकारी नभएको अवस्थामा नेपालमा रहेको वृद्द बुबाआमा, दाजुभाई, दिदीबहिनीले एकपटक सम्पर्कमा आएर के- कस्तो अवस्था छ l जानकारी गरेर घर परिवारसंग सम्पर्कमा आउनको लागि आग्रह गरिएको छ l यदि तपाइलाई पनि यस सूचनासंग सम्बन्धित जानकारी भएमा सम्बन्धित व्यक्ति वा हाम्रो गुड टिभीको ठेगानामा सम्पर्क गर्नुहोला l

    पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा  गएर क्लिक गरि हेर्नुहोला l


    सम्बन्धित समाचार थप

    लोकप्रिय