काठ्मान्डौ :
युवा पुस्ताका चर्चित पप गायक बिजय लामाले नर्बेमा रहेका नेपाली माझ साङितिक पस्तुती दिएका छन l निकै बाक्लो नेपाली र बिदेशी हरु को उपस्थितीमा लामाको हिट नम्बर नखानु पानी तुम्बा को ,रोसी खोला पारी मेरो मामा, जुनेली रात , ए कान्छी , भोली फेरि आउछु आउदिन ,जस्ता थुप्रै चर्चा रहेको गीतहरु गाएर आफ्ना फ्यान हरुलाई रोमान्चित पारेका थिए l

लामाको साङितिक भ्रमणमा साथ दिन चर्चित गायिका जोती मगरको पनी दमदार पस्तुती रहेको थियो l गुरुङ्ग केन इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त कार्यक्रममा भब्य र सब्य भएको टिमका आयोजक किरण गुरुङ्ग बताउछन l लामा केही दिन को बसाइ पछी युरोपको अर्को शहर पोर्तुगलमा मे १५ मा साङितिक कार्यक्रममा आफ्नो पस्तुती दिइ स्वदेस फर्कने कार्य तालिका रहेको छ l