logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माधव नेपालको प्रतिक्रिया : निरंकुश प्रवृत्तिको हार भयो, जनताको जित

माधव नेपालको प्रतिक्रिया : निरंकुश प्रवृत्तिको हार भयो, जनताको जित


  • सोमबार, साउन ४ २०७८

  • काठमाडौं ३,साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

    नेता नेपालसहित २२ एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् । एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको छ । एक जना भने तटस्थ बसेका छन् ।

    संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका छन् ।

    यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको भन्दै उनले भने, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ’ । संविधान निर्माणको भावना र जनताको जित भएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय