logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिविका स्थगित परीक्षा २८ मंसिरदेखि

त्रिविका स्थगित परीक्षा २८ मंसिरदेखि


  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यसअघी स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ ।

    विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय