logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पर्यटनमन्त्री अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि भएको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास

पर्यटनमन्त्री अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि भएको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास


  • मंगलबार, चैत्र १२ २०७५

  • काठमाडौँ, चैत १२: नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन् । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

     

    गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो ।

    हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएका थिए। निर्णयअनुसार नेपालमा रहेका पाइलटबाहेक ६ सिट भएका एएस ३५० बी३ई (एच १२५) हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो। त्यस्ता हेलिकोप्टर हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्टिच्युट एयरसँग गरी नौवटा छन् ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय