logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्दै सरकार

विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्दै सरकार


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं । सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको हो ।

    शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ । स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उहाँले बताउनुभएको छ ।

    मन्त्रालयका प्रवक्ता शर्माले स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनेगरी एक सातामा विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार कार्यढाँचा जारी भएपछि विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन् । सरकारले तत्कालै कार्यढाँचा जारी गरे तिहारपछि विद्यालय सञ्चालन गर्ने उहाँले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय