logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

थप १७९८ जना कोरोनामुक्त,२५७१ नँया संक्रमित थपिए, १८ जनाको मृत्यु

थप १७९८ जना कोरोनामुक्त,२५७१ नँया संक्रमित थपिए, १८ जनाको मृत्यु


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ८१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा देशभर २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

    जसमध्ये काठमाडौं उपत्यकाका १ हजार ४२८ जना कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हाल ३६ हजार १ सय ७४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

    यसैवीच, थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय