काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन नसकेपछि स्थगित भएको हो ।
सहमतिका लागि पछिल्लो केहि दिन यता लगातार छलफल भइरहे पनि निश्कर्ष निस्कन सकेको छैन । हिजो पनि देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आजका लागि बोलाइएको बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको हो यधपि विबाद भने केहि मथ्थर भएको छ ।
पौडेल पक्षले आफूहरूले राखेका मागको सुनुवाइ नभए केन्द्रीय समिति बैठक चल्न नदिने भएपछि देउवाले सहमतिमा ल्याउन संवादलाई निरन्तरता दिँदै आउनुभएको हो ।