logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री


  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौँ । देशभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
    महाशाखाका अनुसार मुलुकभर नै चिसो बढेको छ ।

    जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

    तापक्रम अझै घट्दै जादा मुलुकका विभिन्न स्थानमा हुस्सु लाग्ने पूर्वानुमान पनि गरिएको मानन्धरले बताउनुभयो । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ ।

    अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका पहाडी भू–भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय